काठमाडौँ । ‘अरेली काँडैले मलाई च्वास्सै’ लोकगीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । गायिका शान्तिश्री परियारको एकल स्वर रहेको यो गीत शुक्रबार १० करोड क्लबमा प्रवेश गरेको हो । शान्तिश्रीले यो गीत वि.सं. २०८० को तीजमा सार्वजनिक गरेकी थिइन् । डेढ वर्षको अवधिमा यो गीतले १० करोड भ्युज पाएको हो ।
युट्युबमा १० करोड पटक हेरिएको यो पहिलो नेपाली लोकगीत हो । नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको सङ्गीत रहेको यस गीतको भिडियोमा गायक प्रकाश सुपुत र मोडल अञ्जली अधिकारीले अभिनय गरेका छन् ।
वसन्त थापाको ‘सालको पात टपरी’ र खेम सेन्चुरीको ‘अरेली काँडैले मलाई च्वास्सै’ बीच १० करोड भ्यूज पाउने पहिलो नेपाली लोकगीत को बन्ने होड चलेको थियो ।
पछिल्ला केही सातामा सम्बन्धित गीतका कलाकारले भ्यूज बढाउन लिंकको धमाधम सेयर पनि गरिरहेका थिए । यसबिच ‘अरेली काँडैले’ १० करोड भ्यूज पाउने पहिलो लोकगीत बनेको हो ।
हेर्नुहोस् भिडियो :