बलीउड अभिनेत्री सोनाक्षी सिन्हाले अभिनय गरेको चलचित्र अकीरा अहिले प्रदर्शन भइरहेको छ । प्रदर्शनमा आएको ५ दिनमा भारतबाट मात्र चलचित्र अकीराले २२ करोड माथिको विजनेश गरेको छ । अकीरामा एक्शन अवतारमा देखिएकी सोनाक्षीले आफ्नो जीवनसाथीको विषयमा केही कुरा बताएकी छिन् । एक भारतीय मिडियालाई उनले दिएको अन्तर्वातामा आफुलाई हँसाउन सक्ने नै जीवनसाथी हुने बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो सपनाको राजकुमार फिल्म जस्तो विल्कुलै हुँदैन मात्र उसको सेन्स अफ ह्यूमर राम्रो भए पुग्छ, जसले मलाई सधै हँसाइरहोस् ।’ अहिले सोनाक्षीका पिता शत्रुघन सिन्हा नेपालमा छन् । उनले मंगलबार नेपाल आउँदा छोरीको नामबाट आफु चिनिन पाउँदा निकै खुसी लागेको बताएका थिए ।