बलीउडस्टार सलमान खान र भारतीय क्रिकेटर विराट कोहली पहिलो पटक एकसाथ पर्दामा देखिने भएका छन् । सलमान र विराट एकसाथ एक म्यूजिक भिडियोमा देखिन लागेका हुन् । यि दुई बेल्जियमको दिमित्री वेगास र लाइक माइक म्यूजजिक भिडियोमा काम गर्दैछन् । दुई सनबर्न फेस्टिवलको १० औं एडिशनको एरिना टूरमा डीजे स्टायर्सको साथ पनि देखिनेछन् । यस बर्षमात्र सलमानले विराटकी गर्लफ्रेण्ड अनुष्का शर्मासँग ‘सुल्तान’ मा काम गरेका थिए । अहिले सलमान सलमान मनाली मा आफ्नो नयाँ फिल्म ‘ट्यूबलाइट’ को शूटिंगमा व्यस्त छन् ।