दर्शकहरु कलर्सको हिट शो ‘नागिन’ को दोस्रो सीजनको निकै प्रतिक्षा गरेर बसिरहेका छन् । खबरका अनुसार यो शो अक्टूबरबाट सुरु हुँदैछ । शोको मेकर्सले हालैमा ‘नागिन २’ को टीजर सार्वजनिक गरेको छ । यो सीजनमा कहानी अगाडी बढ्दै गरेको देख्न सकिन्छ । यस पटक सीरियलमा एक नयाँ मात्र होइन दुई मौनी राय देख्न सकिनेछ । शोमा अहिले टाइम लीप आइरहेको कारण मौनी आमा र छोरी दुवैको भुमिका निर्वाह गर्नेछिन् । नागिन कलर्सको एक यस्तो हिट शो हो, जसबाट निकै टीआरपी आइरहेको थियो । शोलाई अझ धमाकेदार बनाउनका लागि निर्माणपक्षले केही नयाँ अनुहार पनि प्रवेश गराएको छ, जुन यसअघि नागिनमा देखिएको थिएन । ‘नागिन’ मा शिवन्या उर्फ मौनीको पतिको भुमिका निभाएका रितिक उर्फ अर्जुन बिजलानी शोमो दोस्रो सीजनमा भने देखिने छैनन् । टिभी एक्टर करणवीर बोहराले उनको ठाउँ लिएका छन् ।