बलीउडस्टार ऋतिक रोशन अभिनित चलचित्र ‘मोहेनजो दारो’ बाट बलिउड डेब्यू गरेकी पूजा हेग्डेले साउथ चलचित्रमा अभिनय गर्ने भएकी छिन् । पूजाले तेलेगु फिल्म स्टार अल्लु अर्जुनसँग एक चलचित्रमा जोडी बाँध्ने भएकी छन्। पूजा र अल्लुले ‘दुभबडा जगनाधाम’ काम गर्नेछिन्। रोमान्टिक ड्रामा यस चलचित्रलाई हरिष शंकरले निर्देशन गर्नेछ। यस फिल्ममा अल्लुले करिब ७ वर्षपछि निर्माता दिल राजुसँगै काम गर्न लागेका हुन्। फिल्म अप्टोबरबाट सुरू हुनेछ।