२०१२ मा निर्माण भएको चलचित्र ‘लुट’ले राम्रै सफलताको स्वाद चाख्यो । भनिन्छ चलचित्र ‘लुट’ले नै नेपाली चलचित्रक्षेत्रको अर्को मुहार देखायो । चलचित्र चलाउन निकै गाह्रो हुन्छ भन्नेहरुलाई चलचित्र ‘लुट’ले २०१२ ताका राम्रै झापट हानेको थियो । चलचित्र ‘लुट’ निर्माण भएको ४ बर्षपछि यसैको सिक्वेल स्वरुप चलचित्र ‘लुट २’ आउँदैछ । केही महिना अगाडी राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको टिजर सार्वजनिक गरिएको थियो तर चलचित्रको छायाँकन भने सुरु गरिएको थिएन् । टिजरका लागि मात्र निर्माणपक्षले केही छायाँकन गरेको थियो । टिजरबाट चलचित्रलाई दर्शकहरुले प्रतिक्षित बनाएपछि निर्माणपक्षले वुधबारबाट छायाँकन आरम्भ गरेको छ । राजधानीमा एक कार्यक्रमका बिच शुभ मुहूर्त गर्दै निर्माणपक्षले चलचित्र ‘लुट २’ को छायाँकन सुरु गरेको हो । निश्चल बस्नेतले निर्देशन गर्ने यो चलचित्रलाई नरेन्द्र महर्जन र माधव वाग्लेले निर्माण गर्न लागेका हुन् । खबरका अनुसार चलचित्रमा निश्चल बस्नेतको पनि लगानी रहनेछ । सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय रहने यो चलचित्र लुटको कथा जहाँबाट अन्त्य भएको थियो त्यहीबाट सुरु हुनेछ । निर्माणपक्षका अनुसार ‘लुट २’ को कथा लुट भन्दा विल्कुलै फरक छ । फागुन १३ गतेबाट देशव्यापी रिलिज गर्ने तयारीका साथ वुधबारबाट छायाँकन आरम्भ गरिएको चलचित्र ‘लुट २’ विल्कुलै नयाँ विषयवस्तुमा तयार हुन लागेको शुभ मुहूर्त कार्यक्रममा चलचित्रका निर्देशक बस्नेतले बताए । पुरुषोतम प्रधानको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन रहने यो चलचित्र राजधानी लगायतका स्थानमा खिचिनेछ ।