‘पर लैजाउ फूलहरु’ ‘घुम्तीमा नआउ है’ जस्ता हिट गीतहरुमा आफ्नो स्वर दिएका वरिष्ठ गायक प्रेमध्वज प्रधानले झण्डै एक दशकपछि आफ्नो स्वर रेकर्ड गराएका छन् ।
गायक प्रेमध्वजले जुगोल ढंगोलको संगीत तथा एरेञ्ज, डब्बु क्षेत्रीको शब्द रहेको ‘ती आँखामा’ बोलको गीतमा स्वर दिएका हुन् । प्रेमध्वजलाई केञ्जुमा सुब्बाले गायकीमा साथ दिएकी छिन् । मोहनराज आचार्यको निर्देशनमा बनेको भिडियोमा मोडलद्वाय विकास लामिछाने र बिनिता वली फिचरिङ छन् ।
भिडियोमा अमृत सुनुवारको छायाँकन र माधव बेलवासेको सम्पादन रहेको म्युजिक भिडियो आकर्षक बनेको छ । सोमबार राजधानीमा प्रेसमिट गर्दै उक्त भिडियोलाई बजारमा ल्याइएको हो ।