भारतीय टेलिभिजन सो ‘बिग बोस’ की सहभागी सोफिया हायातले योगगुरु बाबा रामदेवभन्दा आफूले बढी लुगा लगाउने गरेको बताएकी छिन्। ‘बिग बोस’बाट निस्किएपछि नन बनेकी हायातले आफ्नो इन्स्टाग्राममा उत्तेजक कपडासहित योगा गरेको तस्बिर पोस्ट गरेपछि उनको निकै आलोचना भएको थियो। तर, उनले आफ्ना आलोचकलाई उत्तर दिने क्रममा भनिन्–‘मानिसहरू मैले योगा गर्दा पहिरेको कपडाभन्दा धेरै कम लुगा लगाउने बाबा रामदेवलाई रुचाउँछन्। किन महिला चाँहि बदनाम हुनु पर्ने ?’ उनले इन्स्टाग्राममा सबैसँग अपील गर्दै भनेकी छिन्–‘उठ, जाग, अरुको विषयमा धारणा नबनाऊ र सबैलाई प्रेम गर।’ नन बनेपनि हायातले इन्स्टाग्राममा पोस्ट गर्ने कामुक तस्बिरका कारण उनी चर्चामा छिन्।