बलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीबीच सम्बन्ध विक्षेद भएसँगै उनीहरुले निर्माण गर्ने भनिएको चलचित्र ‘अफ्रीका’ अलपत्र परेको छ । केहि हप्ता पहिले मात्र एन्जेलिनाले चलचित्र ‘अफ्रीका’ आफैले निर्देशन गर्ने बताएकी थिईन् । आगामी बर्षको शुरुवातमै चलचित्रको छायांकन गर्ने बताईएको थियो । चलचित्रलाई ब्राड र एँजेलिनाले मिलेर निर्माण गर्ने बताउदै आएका थिए । अब ब्राडसँग सँगै काम नगर्ने घोषणा गरेकी जोलीले साईन गरेको चलचित्र समेत छोडेकी छिन् । यता ब्राड भने आफुलाई जोलीसँग काम गर्न कुनै असहजता नहुने बताएका छन् । ब्राड र एन्जेलिनाले चलचित्र ‘मिस्टर एण्ड मिसेज स्मिथ’ र ‘बाई द सी’मा सँगै काम गरेका थिए ।