एक समय थियो नेपाली चलचित्रमा एकै नायिका बारम्बार देखिरहन्थे । दर्शकहरु नयाँ अनुहार खोज्थे तर निर्माताहरु जो बजारमा चलेका थिए उनैलाई नायिका बनाउने गर्थे । तर अहिले समय फेरिएको छ । पछिल्ला केही बर्ष हेर्ने हो भने नेपाली चलचित्रमा नयाँ नायिकाहरुको आगमन ह्वात्तै बढेको छ । त्यसैले होला दर्शकहरु पनि पुराना नायिकाहरु भन्दा नयाँ नायिकाहरु हेर्न बढी रुचाउँछन् र त्यही अनुसार निर्माताहरु पनि आफ्नो चलचित्रमा नयाँ अनुहार खोज्ने गर्छन । निर्माताहरु नयाँ अनुसार खोज्दै गर्दा अहिले पुराना धेरै अभिनेत्रीहरु पलायन नै भइसकेका छन् । दर्शकहरुमा आफ्नो क्रेज नहुनु, पुराना अभिनेत्रीहरुका चलचित्रहरु हेर्न दर्शकहरु हलसम्म नजानुले पनि धेरै पुराना अभिनेत्रीहरु अहिले नेपाली चलचित्रबाट पलायन भएका छन् भन्दा फरक पर्दैन । आज हामी त्यस्तै ५ नेपाली अभिनेत्रीको कुरा गर्दै छौ, जसको बिहेपछि फिल्मी यात्रा चौपट भएको छ ।
१. रेजिना उप्रेती
एक समयकी चर्चित अभिनेत्री हुन् रेजिना उप्रेती । उनलाई आफ्नो चलचित्रमा लिनका लागि एक समय निर्माता-निर्माता बिच नै घम्सा-घम्सी हुने गर्थ्यो । दर्जनौ सफल चलचित्रमा आफ्नो अभिनयको जादु चलाएकी रेजिना अहिले नेपाली चलचित्रमा निस्क्रिय जस्तै छिन् । केही बर्षदेखी उनले अभिनय गरेका चलचित्रहरु दर्शकहरुले हेर्न पाएका छैनन् । २०७१ सालमा बिहे गरेपछि अझ उनको फिल्मी यात्रा चौपट भएको स्रोत बताउँछ ।
२. अरुणिमा लम्साल
अभिनेत्री अरुणीमा लम्साल पनि एक समयकी सफल अभिनेत्रीको रुपमा गनिन्छिन् । उनले दर्जनौ सफल चलचित्रमा काम गरेकी छिन । केही बर्ष अगाडी अमित अर्यालसँग बिहे गरेकी अरुणिमा एक सन्तानकी आमा पनि हुन् । बिहे गरेसँगै लगातार आफुले अभिनय गरेको चलचित्रहरु असफल हुँदै गएपछि अरुणिमाको पनि फिल्मी यात्रा चौपट भएको देख्न सकिन्छ । अहिले अरुणिमा अमेरिकामा बस्दै आइरहेकी छिन् ।
३. सुमिना घिमिरे
‘दुलही’ चलचित्रबाट नेपाली चलचित्रमा डेव्यू गरेका नायिका सुमिना घिमिरेले गएको बर्ष मात्र विमान चालक रोशन सापकोटासँग बिहे गरिन् । लगातार आफुले अभिनय गरेको चलचित्र असफल हुँदै गर्दा सुमिनाले बिहे गर्ने फैसला गरेको स्रोत बताउँछ । बिहे गर्नु भन्दा अगाडी नै नेपाली चलचित्र नखेल्ने घोषणा गरेकी सुमिना एक छोरीकी आमा समेत भइसकेकी छिन् ।
४. विपना थापा
एक समयकी सफल अभिनेत्री हुन् विपना थापा । तर अहिले उनको चलचित्रहरु हेर्न नपाएको पनि दर्शकहरुले लामै समय भइसकेको छ । खबरका अनुसार अब विपना थापाले नेपाली चलचित्र खेल्ने सम्भावना निकै न्यून छ । एक छोराकी आमा समेत भइसकेकी विपना अहिले भारतमा बस्दै आइरहेकी छिन् । २००८ मा भारतीय नागरिक आशुतोष भारदवाजसँग बिहे गरेपछि विपनाको पनि फिल्मी यात्रा चौपट भएको हेर्न सकिन्छ ।
५. ऋचा घिमिरे
ऋचा घिमिरेले अभिनय गरेका केही चलचित्र मात्र सफल छन् । तर उनलाई एक समयकी चल्तीकी नायिकाको रुपमा हेरिन्थ्यो । निर्देशक शंकर घिमिरेसँग बिहे गरेपछि भने ऋचाको पनि फिल्मी यात्रा चौपट भएको छ । ‘ब्रेकफेल चलचित्र समेत निर्माण गरेकी ऋचाले केही दिन अगाडी मात्र तेस्रो सन्तानलाई जन्मदिइसकेकी छिन् । हाल पति घिमिरेसँग अमेरिकामा रहेकी ऋचाले अब नेपाली चलचित्रमा काम गर्न सक्ने सम्भावना निकै न्यून रहेको छ ।