बलिउड अभिनेता आमिर खान जति राम्रा कलाकार हुन् उनी त्यति नै ठट्यौला स्वभावका छन्। हालै अमेरिकाको मायामीमा उनको सन् ९२ मा रिलिज भएको फिल्म जो झिता वही सिकन्दरको पुनमिलन भयो। सो अवसरमा फिल्मकी नायिका आयशा जुल्का लगायतका सबै कलाकारहरू उपस्थित थिए।
सो अवसरमा आमिर र फिल्मका कलाकारहरूले पुराना दिनको सम्झना गरे। फिल्ममा आमिरकी जोडी बनेकी आयशाले आमिरको ठट्यौली गर्ने बानीको सम्झना गर्दै भनिन्, ‘आमिर धेरै बदमासी गर्थे। उनी हामीलाई आफू हात हेर्न जान्ने बताउँथे। हामी पनि होला भनेर जसै हात अगाडी बढाउँथ्यौ उनी हाम्रो हत्केलामा थुकिदिन्थे।’
आयशाले आमिरको सो बदमासीको खुलासा गरेपछि आमिरले भने कुरा मोडे र भने, ‘म यो मेरा अभिनेत्री साथीहरूको गुड लकको लागि गर्थे र आज पनि गर्छु। मैले जति पनि अभिनेत्री साथीहरूलाई त्यसो गरे उनीहरू सबै हिट भए। २५ वर्षदेखी मेरो ठट्टा गर्ने शैली बदलिएको छैन्। तर धेरै मानिसले थाहा नपाउन भन्ने प्रयास भने हमेशा गरिरहन्छु। आमिर खान अभिनित चलचित्र दंगाल यसै बर्ष प्रदर्शनमा आउँदैछ ।’