हरिवोधनी एकादशीको बिहान राष्ट्रपति विद्यादेवी भण्डारी चन्द्रागिरि आन्। र, यहाँ सञ्चालनमा रहेको केबलकारको अनुभव पनि लिइन्।
उनी कुनै औपचारिक कार्यक्रमका लागि यहाँ आएकी थिइनन्। बिलकुल पारिवारिक भ्रमण रहेको राष्ट्रपति निकट स्रोतले जनाएको छ। उनका साथमा छोरीहरु र परिवारका अन्य सदस्यहरु पनि सहभागी थिए।
तीन महिना अघिदेखि नै सञ्चालनमा आएको केबलकार नजिकै भालेश्वर मन्दिर रहेका कारण पनि विशेष दिनमा यहाँ आउनेको संख्या बढी देखिन्छ। आज हरिवोधनी एकादशी भएकाले धार्मिक आस्था बोकेर आउने र भालेश्वर दर्शन गर्नेहरु बढी थिए।
केबलकार चढिसकेपछि राष्ट्रपति भण्डारीले यहीँबाट काठमाडौं उपत्यका र वरिवरिको दृश्यावलोकन गरेकी थिइन्।
घना जङ्गलले ढाकिएको चन्द्रगिरि मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्तवातावरणले मन आनन्दित तुल्याउँछ। क्षणक्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ।
हिमाल, हरियाली र राजधानी सहरको एकसाथ अवलोकन गर्न पाइने यो चन्द्रागिरि महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ। ● इलिट जोशी/पहिलोपोस्ट –