गएको महिना मात्र नेपाल आएर फर्किएकी बलीउड अभिनेत्री सन्नी लियोनीका केही फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । केही दिन पहिले एक क्यालेन्डरका लागि खिचिएको तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि सन्नीको चर्चा बलीउडमा राम्रै चुलिएको छ । प्रसिद्ध फोटोग्राफर डब्बु रतनानीले उनका हट तस्बिहरु क्यामेरामा कैद गरेका हुन् । डब्बुले नै सन्नीका हट फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गरेपछि भाइरल भएका हुन् । फोटोमा सन्नी समुन्द्री तटहतमा एक डुङगामाथी विकिनीमा देखिएकी छिन् । त्यस्तै अर्को फोटोमा सन्नी ठूला चट्टानमा पोज दिएकी छिन् । तस्बिरमा फोटोग्राफर डब्बुको मेहेनत राम्रै झल्केको छ । अधिकांश फोटामा आएका कमेन्टमा लेखिएको छ– सन्नी लियोन हट र सिजलिङ छिन् ।