बाल कलाकारको भुमिकामा कुनै समय चर्चाको शिखरमा रहेका अली हाजीले १० वर्षपछि सलमान खानसँग भेट गरेका छन् । आमिर खान र काजलद्धारा आभिनित फिल्म ‘फनामा’ अभिनय गरेका बाल कलाकार अली हाजी १७ वर्षका भएका छन् । उक्त फिल्ममा ‘रिहान’ नामले परिचीत उनलाई फ्यानले धेरै मन पराएका थिए । बाल कलाकारमा अभिनय गरेर सबैको मन जित्न सफल १७ वर्षीय अली हाजीको फिल्म ‘द फिल्ड’ बनिरहेको छ । उक्त फिल्ममा राधिका आप्ते, प्रेम चोपडा र हलिउड अभिनेता ब्रेडन फ्रासर रहेका छन् । सानो छदाँ उनले चर्चीत सेलिब्रिटीहरु सलमान खान, गोविन्दा कट्रिना र लारा दत्तसँग फिल्म ‘पार्टनर’ मा समेत काम गरेका थिए । सन् २००६ मा बनेको उक्त फिल्ममा उनको अभिनयलाई लिएर धेरैले प्रशंसा गरेका थिए । फिल्ममा सलमान र अलीको केही रुखो सम्बन्धलाई प्रस्तुत गरिएको थियो जुन दर्शकलाई मन परेको थियो ।
यी बाल कलाकार १० वर्षपछि कस्तो देखिन्छन् ? यो धेरैको उत्सुकता हुन सक्छ । उनले हालै सलमान खानसँग भेटेका छन् । उनीसँगको भेटमा खिचिएका तस्बिरहरु हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सलमानसँग उनले बिग बोस १० को सेटमा भेटेका छन् । ड्यासिक लुकिङ भएका अली सलमान खानभन्दा अग्ला छन् जुन तस्बिरमा प्रष्ट देखिन्छ । अलीले आफ्नी बहिनी नाकिहा हाजी र केटी साथीसँग समेत फोटो खिचाएका थिए ।