बलिउड अभिनेता अक्षय कुमार तथा अमिताभ बच्चन एकसाथ फिल्ममा देखिने भएका छन्। उनीहरू पा तथा शमिताभ फिल्मका निर्देशक आर बाल्कीको निर्देशनमा बन्ने फिल्ममा एकसाथ आउन लागेका हुन्।
पछिल्लो पटक उनीहरू सन् २००६ मा फ्यामिली फिल्ममा एकसाथ देखिएका थिए। आर बाल्कीले फिल्मका लागि पछिल्लो पटक अक्षयसँग भेटेका थिए र सो भेटमा उनले काम गर्ने संकेत गरेका हुन्।
बाल्कीका प्रत्येक फिल्ममा अमिताभले अभिनय गर्दै आएका छण् र यसपटक पनि अमिताभ विशेषरूपमा फिल्ममा आउने अनुमान छ।
हाल अमिताभ सरकार ३ मा व्यस्त छन् भने अक्षय ट्वाइलेट : एक प्रेमकथा मा काम गरिरहेका छन्। फिल्मको आधिकारिक घोषणा अर्को वर्ष गरिनेछ।