अरबाज खानसँग अलग्गिएर बस्न थालेकी अभिनेत्री मलाइका अरोरा खानको नाम उनीभन्दा केही वर्ष कान्छा अर्जुन कपुरसँग जोडिएको थियो । अर्जुन र मलाइकाको अफयेरको खबरले बलिउडमा ठुलो चर्चा पाइरहेको छ । तर, मलाइकाले भने अर्जुनसँगको सम्बन्धबारे बल्ल मुख खोलेकी छिन् ।
मलाइका र अरबाजको सम्बन्ध बिग्रिनुमा पनि अर्जुनको हात रहेको व्यापक हल्ला चलेको थियो । यही हल्ला चलिरहँदा अरबाज र मलाइकाले डिभोर्स गर्न लागेको कुरा बाहिर आएको थियो । मलाइका र अरबाजले एक आधिकारीक बयान दिदै आफुहरु छुट्टिएर बस्न लागेको जानकारी गराएका थिए ।
छुट्टीएर बसेका उनीहरुको भेट भने बेलाबेलामा भइनै रहेको थियो । तर, अरबाजसँग दुरी बढे लगत्तै अर्जुन कपुरसँग मलाइका नजिकिएको हल्ला पनि व्यापक नै चल्यो । अन्तत मलाइका बोल्न बाध्य भइन् । उनले एक म्यागजिनलाई दिएका अन्तर्वार्तामा भनेकी छिन्,‘अर्जुन मेरो एकदमै मिल्ने साथी हो । तर, मानिसहरुले गलत नियतका साथ गलत अर्थ लगाइरहेका छन् ।’
पछिल्लोपटक बाहिर सार्वजनिक भएको खबर अनुसार मलाइका र अरबाजले डिभोर्सका लागि एप्लिकेशन पनि दिइसकेका छन् । पारिवारले उनीहरुलाई मिलाउन खोजेपनि अन्तत उनीहरुले डिभोर्स लिने निर्णय गरेका हुन् ।