बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको विवाह भएको ७ वर्ष भएको छ । २२ नोभेम्बर सन् २००९ मा उनीहरुले विवाह गरेका थिए । शिल्पा सेट्टीले विवाहको ७ औ एनिभर्सरीमा राज कुन्द्रालाई सामाजिक सञ्जालमा एउटा माया लाग्दो मेसेज लेखेर पठाएकी छिन् ।
शिल्पाले मेसेजमा ‘तिम्रो दिलमा मैले आफ्नो घर पाए, आत्मामा माया । म विश्वकै भाग्यमानी युवती हुँ ।’
राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । इन्टरनेटमा पाइएको जानकारी अनुसार हाल उनीसँग २४०० करोडको सम्पत्ति रहेको छ ।
एक अन्तर्वार्तामा राज कुन्द्राले भनेका थिए,‘ आज म जुन सुख सयलको जिन्दगी बाँचिरहेको छु सानो छँदा ठीक उल्टो जिन्दगी बाँचिरहेको थियो ।’ आज उनीसँग महँगा कारहरु रहेका छन् । जुन सानो छदाँ धेरैको सपना हुने गथ्र्यो ।
१८ वर्षको उमेरमा उनले आफ्नो बिजनेश सुरु गरेका थिए । सन् २००४ मा आएको ब्रिटिश म्यागजिन धनी व्यक्तिहरुको सुचीमा राज १९८ औ स्थानमा रहेका थिए ।