भाद्र ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वीर विक्रम’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । एकै मितिमा ‘चपली हाईट २’ प्रदर्शनमा आउने भएपछि आक्रामक प्रचार प्रसार गरिरहेको चलचित्र वीर विक्रमले सोही क्रममा दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । कमेडी, एक्शन र रोमान्सले भरिएको चलचित्र वीर विक्रमको दोस्रो ट्रेलर पहिलो ट्रेलरभन्दा नयाँ चाहिँ छैन । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा र दीया पुनको मुख्य भुमिका रहेको छ । काठमाण्डौमा गोपाल कायस्थ र गोविन्द शाही, काठमाण्डौ बाहिर केदार पराजुली यसका वितरक हुन् ।