प्राकृतिक सुन्दरताका कारण नेपाल सबैको प्रिय देश हो । नेपाल डुल्न पर्यटकहरु मात्र होइन हलीउड र बलीउड सेलिब्रिटीहरु पनि आतुर छन् । तर कमै सेलिब्रिेटीहरु मात्र नेपाल डुल्न आएका छन् । केही बर्षयता हेर्ने हो भने बलीउड कलाकारहरु नेपाल बढि आएका छन् । तर सुरक्षा देखी विभिन्न व्यवस्थापनका कारण उनीहरुले धित मरुन्जेल नेपालका रमणीय स्थानहरु डुल्न भने पाएका छैनन् । त्यस्तै एक हलीउड अभिनेता हुन् ‘जारेड लेटो’ ।
उनी अहिलेसम्म नेपाल आएका छैनन् तर उनी नेपाललाई निकै माया गर्छन । उनी धेरै पटक ‘नेपाल आइ लभ यू’ लेखिएको टिसर्टमा ठाटिएर हिँडेको देख्न सकिन्छ । उनले नेपाललाई प्राकृतिक सुन्दरता, कला, संस्कृतिको जादुले भरिएको देश भनेर चिन्छन् । गएको बर्ष नेपालमा गएको विनाशकारी महाभूकम्पमा पनि उनले ‘नेपाल आइ लभ यू’ लेखिएको टिसर्ट लगाएपछि सबैको ध्यान आकृष्ट भएको थियो । उनले अभिनय गरेको हलीउड चलचित्र सुसाइड स्क्वाड यही शुक्रबारबाट नेपाली सिनेमा घरमा पनि प्रदर्शन भइरहेको छ ।