नवविवाहित पूर्व मिस नेपाल जेनिसा मोक्तान र व्यवसायी दीपक मलहोत्राका पुत्र डिकेश छुट्टी मनाउन लामो समयदेखि देश बाहिर छन् । उनीहरु इटालीमा पुगेका छन ।पूर्व मिस नेपालको यो जोडीसँग पूर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको भेट इटालीमा भएको छ ।
पूर्व मिस नेपाल जेनिसा मोक्तान र उनका श्रीमान् डिकेश मलहोत्राले पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी श्रीमती कोमल शाह इटालीमा भेट भएको हो । उनीहरुले पूर्व राजा ज्ञानेन्द्र तथा कोमलको साथमा बसेको तस्वीर सामाजिक सञ्जाल मार्फत सार्वजानिक गरेका छन ।
इटाली स्थित मिलानको एक रेष्टुरेन्टमा जम्का भेट भएको मलोहत्राले आफना फेसबुक मार्फत फोटो सार्वजनिक गरेका हुन ।
मलोहत्राका अनुसार इटाली स्थित मिलानको एक रेष्टुरेन्टमा खाना खाइरहेका बेला पुर्व राज–रानीसग भेट भएको बताए । नेपालमा हुँदा धेरैजसो समय औपचारिक पहिरनमा देखिने शाह दम्पत्तीको यो रुप सायदैै कसैले देखेको होला । कालो चस्मा र ह्याट लगाएको उनको तस्बिर हेर्दा उनलाई ज्ञानेन्द्र भनेर चिन्न मुश्किल छ ।
यता कोमल पनि निकै भिन्न देखिएकी छिन् । धेरैजसो साडी लगाउने उनलाई कुर्ता र प्लाजोमा भिन्न देखिएकी छिन् । यो फोटो निकै चर्चित भएपछि यता जेनिसालाई भने आफूले अलि राम्रो तरिकाले फोटो खिचेको भए हुनेथियो भन्ने लागेको बताउँछिन् ।
यो भेटलाई आफ्नो भ्रमणको सबैभन्दा ठूलो हाइलाइट भएको जेनिसा बताउँछिन् । -यस काठमाडौं ।