आफुले अभिनय गरेको चलचित्रको प्रचार प्रसारमा दौडनु एक कलाकारको कतव्र्य हो । तर आफ्नो क्रेज बनाइसकेका कलाकारहरु भने चलचित्रको प्रमोशनमा नहिँडिदिँदा दर्शकहरु चलचित्रको विषयमा खासै जानकार हुँदैनन् । केही दिन अगाडी नायक राजेश हमाल पनि चलचित्र ‘शकुन्तला’को प्रमोशन छोड्दै अमेरिका उडेको खबर सेलाउन नपाउँदै नायिका निशा अधिकारी पनि चलचित्र ‘जय परशुराम’ को प्रमोशनलाई वास्ता नगर्दै अमेरिकामा छिन् । ‘फेस्टिभल अफ ग्लोब’ मा सहभागी हुन अमेरिका पुगेकी निशा चलचित्र जय परशुरामको प्रमोशनमा हिँडेको देखिएको छैन । केही दिन देखी अमेरिकामा रहेकी निशाले सामाजिक सञ्जालमा पनि चलचित्र ‘जय परशुराम’ को प्रमोशनमा सहभागीता देखिएको छैन ।
केही दिन अगाडी राजधानीमा जय परशुरामको ट्रेलर र गीत सार्वजनिक कार्यक्रममा देखिएकी निशा त्यसपछि अमेरिका हानिएकी थिइन । अब निशा चलचित्रको प्रसारका लागि भन्दै नेपाल आउने अबस्था छैन । किनकी चलचित्रको रिलिज यही हप्ताको शुक्रबार छ । साउन २८ गते रिलिज मिति रहेको चलचित्र जय परशुरामको प्रमोशनमा अहिले चलचित्रका निर्देशक तथा निर्माता रोज राणा र नायक विराज भट्ट संयूक्त रुपमा दौडिरहेका छन् । नायिका निशा अधिकारी चलचत्रको प्रमोशनमा नहिँडिदिँदा दर्शकहरुले भने अभाव महशुस गरिरहेका छन् । आफुले अभिनय गरेको चलचित्रको प्रमोशनमा हिँड्नु निशाको दाहित्व हो तर उनी आफ्नो दाहित्वबाट किन भागरहेकी छिन् त्यो उनैलाई थाहा होला । ५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका विराज भट्ट अभिनित यो चलचित्रलाई ५ बर्षपछि नै रोज राणाले निर्देशन र निर्माण गरेका हुन् ।