बलीडको सर्वाधिक सफल चलचित्र ‘आसिकी–३’ का लागी कलाकार छनौट गरिएको छ । चलचित्रका लागी सोनाम कपुर, ऋतिक रोशन, कंगना रनावत, सिद्धार्थ मल्होत्रा र अलिया भट्टको चर्चा चलेको थियो ।
तर सांगितिक प्रेम विधामा बन्ने चलचित्रका लागि अहिले भने अन्तिम नाम छनौट गरिएको छ । निर्माण पक्षले अभिनेत्री आलिया भट्टलाई यो चलचित्रको मुख्य भूमिकामा अनुवन्धित गरेका छन् । अब चलचित्रमा आलियाले सिद्धार्थ मल्होत्रासँग रोमान्स गर्नेछिन् । निर्देशक मोहित सुरीका अनुसार आलियाले यो चलचित्रमा गीत पनि गाउनेछिन् ।