धुम्बाराहीस्थित घर आँगन नेपालले सहाय तथा अनाथ बालबालिकाहरुको शिक्षाका लागि आगामी पौष १ गते स्वदेश तथा विदेशका चर्चित कलाकारहरुलाई समेटिएर सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘सेलिब्रेटी म्युजिकल नाइट’ शिर्षक रहेको उक्त सांगीतिक कार्यक्रमबाट कुनै नाफा कमाउने भन्दा पनि अनाथ बालबालिकाको सहयोगका लागि रकम जुटाउने कार्यक्रम रहेको संयोजक जित लामाले जानकारी दिए ।
सेलिब्रेटी म्युजिकल नाइटमा सहभागी रहने अधिकांश कलाकारहरुले घर आँगन नेपालको सहयोगका लागि विना पारिश्रमिक सहभागीता जनाउने आयोजक संस्थाले जानकारी दिएको छ । सेलिब्रेटी म्युजिकल नाइटमा सुगम पोखरेल, विजय लामा, प्रमोद निर्वाण (म्युजिक लिंक), हेमन्त राना, प्रेम लामा, विश्व नेपाली, मिङग्स लामा, डिजे जेनी लगायतका गायक गायिकाहरुले आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रम पुतली सडकस्थिति स्टारमल अवस्थित पलेँटी ब्याङक्वेटमा हुनेछ ।