अभिनेता तथा सांसद शत्रुघन सिन्हा खामोसका नामले बलिउडमा चर्चित छन् । उनले चलचित्रहरुमा कलात्मक शैलीमा भन्ने खामोस शब्दले नै उनको नाम स्थापित गरेको हो । ७१ बर्षीय खामोस बलिउडमा चलचित्रकै मात्र भन्दापनि आफ्नो प्रेम सम्बन्धका कारण पनि चर्चामा रहे ।
सन् १९८० मा मिस यंग ईंडिया पुनम चंडीरामणीसँग विवाह गरेका उनी विवाहपछिको अफेयरका कारण निकै चर्चामा आए । पुनमसँग विवाह गर्दावखत शत्रु रीना रोयसँग प्रेमसम्बन्धमा थिए । एक अन्र्तवार्ताका क्रममा खामोसकी श्रीमती पुनमले उनीहरुको प्रेम सम्बन्धको बारेमा आफुलाई पनि थाहा भएको बताएकी थिइन् ।
उनले भनेकी थिइन्–‘उहाँको अर्कैसँग प्रेम सम्बन्ध थियो भन्ने थाहा पाएपछि म आफ्नो बाटो लाग्ने सुर पनि गरेकी हुँ, तर पछि कुरा मिल्यो ।’
उनले रीना देशबाहिर रहेका वेला पुनमसँग सुटुक्क विवाह गरेका थिए । उनले सुटुक्क विवाह गरेपछि पुरै बलिउडनै छक्क परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
तर विवाह पछि कपनि रीना र शत्रु सँगै रहे । उनीहरु करिब ७ वर्षसम्म प्रेम सम्बन्धमा रहे र पछि आफै टाढिए पनि । तर उनीहरुको विछोडको कारण के थियो भन्ने अहिलेसम्म पनि कसैलाई थाहा छैन ।
यी सबै कुरा श्रीमती पुनमलाई पनि थाहा हुन्थ्यो । त्यसो त यस्तो एउटा सानो विषयलाई पनि रंग रोगन गरेर गसिपका रुपमा पस्कन भारतीय मिडियाहरु अरुभन्दा एक कदम अगाडी नै छन् ।
पुनमलाई पनि आफ्ना पतिको सम्बन्धका बारेमा पत्रपत्रिकाहरुबाट थाहा हुन्थ्यो । उनी निकै दुशी हुन्थिन र पनि शत्रुलाई सम्झाउँथिइन् पनि ।
दुवैको घरपरिवारले सम्झाएपछि शत्रुले गम्भिर भएर सोंचे र अन्तत श्रीमतीलाई नै रोज्ने निर्णय गरे ।
पुनम र शत्रुकी छोरी शोनाक्षी सिन्हा अहिले बलिउडकी चल्तिकी नायिका हुन् ।