बलीउड अभिनेता अली फजलले निकै ठूलो अवसर पाएका छन् । अलीलाई ओस्कार विनर एक्ट्रेस मेम जूडी डेन्चसँग ‘विक्टोरिया र अब्दुल’ मा मुख्य भुमिकामा काम गर्ने अवसर मिलेको छ । यस्तो भुमिका बलीउडका कमै कलाकारहरुलाई मिल्छ जसको बयान चलचित्रको टाइटलमा छ । फिल्मलाई स्टीफन फ्रीयर्सले निर्देशन गर्दैछन्, जसले फिलोमेना र द क्वीन जस्ता हलीउड फिल्म निर्देशन गरिसकेका छन् । फिल्मको वर्किंग टाइटल फिल्म्स प्रोड्यूसले गरिरहेको छ भने फोकस एन्टरटेनमेन्टले डिस्ट्रिब्यूशन र एनबीसी यूनिवर्सलको पनि सहभागीता रहनेछ । अली जूडी डेन्चको अपोजिटमा देखिनेछन् । यो फिल्म श्राबनी बसुको किताबमा आधारित रहेको छ । चलचित्रमा अनौठो किसिमको मित्रता देखाइनेछ ।