अर्बपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीले बिहिबार भारतीय उद्योगपति राजकुमार तोंगियाकी छोरी अनुश्री तोंगियासँग इन्गेजमेन्ट गरेका छन् । इन्गेजमेन्ट समारोहमा वरुण र अनुश्रीलाई बधाई दिनका लागि पूर्वप्रधानमन्त्री केपी ओलीदेखी देशका विभिन्न राजनीतिक दलका नेता मात्र पुगेनन् नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका करिश्मा मानन्धर पनि सहभागी भएकी थिइन । करिश्माले वरुणको इन्गेजमेन्टमा सहभागी भएको तस्विर आफ्नो फेसबुकमा अपलोड गरेकी छिन् । करिश्मा मात्र होइन वरुणको इन्गेजमेन्टकै लागि भनेर भारतीय अभिनेता तथा भारतीय जनता पार्टीका सांसद शत्रुघन सिन्हा (खामोस) समेत नेपाल आएका थिए ।
बिहिबार खामोसले पनि हुनेवाला दुलहा-दुलही (वरुण र अनुश्री) लाई बधाई दिएका छन् । गएको भदौ महिनामा एक अवार्ड कार्यक्रमका लागि नेपाल आएका शत्रुघन अर्बपति विनोद चौधरीकै निमन्त्रणा स्वीकार गर्दै वरुणको इन्गेजमेन्टमा सहभागी भएका थिए । खबरका अनुसार अभिनेता शत्रुघन सिन्हा शुक्रबार दिउँसो भारत प्रस्तान गर्ने कार्यक्रम रहेको छ ।