सञ्चारकर्मी राजाराम फुयालद्धारा लिखित पुस्तक ‘नेपाली संगीतमा नारी : विगतदेखी वर्तमानसम्म’ बजारमा आएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक ‘नेपाली संगीतमा नारी : विगतदेखी वर्तमानसम्म’ ४ सय लामो पृष्ठ छ । उक्त पुस्तकमा समय र कालखण्डलाई प्राथमिक, माध्यमिक र आधुनिक तीन खण्डमा विभाजन गरि कालखण्डभित्रका अवधिलाई पनि पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा छुट्याएर संगीतका सबै विधामा उपस्थिति जनाएका महिला स्रष्टा तथा कलाकारहरुको बारेमा विधागत रुपमा उल्लेख गरिएको छ । लगभग १४ सय महिला स्रष्टा कलाकारहरुको तस्बिर समेत विधागत राखिएको पुस्तकमा ३० महिलाहरुको नाम र रेकर्डको प्रचार समेत उल्लेख गरिएको छ । पुस्तकको बजार मूल्य ५ सय राखिएको छ ।
वैदिककालका देवी सरस्वती, लक्ष्मी र पार्वतीलाई नै संगीतमा महिला सहभागीताको पहिलो चरणका पात्र भएको जिकिर गर्दै पुस्तकले द्वापरयुगकी राधा, गोपिनीहरु, वृहन्नला र राजा विराटकी छोरी हुँदै लिच्छवीकाल र वाइसेचौबिसेकाल सम्मका प्रसंगहरु उठाइएको छ भने वि.सं. १८२५ देखी यताको समयलाई प्राथमिकताकालको प्रारम्भ मान्दै पुस्तकमा त्यसबेलाको संगीतको प्रवृती र विकाशक्रम विस्तार गरिएको छ ।