‘जिउँदा देउता’ भनेर पुजिने तामिलस्टार रजनीकान्तका फ्यानहरु विश्वभर असंख्य छन् । उनको मूर्ती बनाएर पुज्ने देखी उनका लागि ज्यान दिनेसम्म फ्यान रजनीकान्तले कमाएका छन् । हाल प्रदर्शन भइरहेको चलचित्र ‘कबाली’ बाट ब्लकमास्टर व्यापार गरिरहेका रजनीकान्तमाथी कसैको आँखा नलागोस् भनेर उनका फ्यानहरूले त्रिचीको एक मन्दिरमा पशुबली दिएका छन्। उनीहरूले मन्दिरमा बाख्राको बलि दिएका हुन्। फ्यानहरूले रजनीप्रति यस्तो तरिकाले आफ्नो लगाव प्रस्तुत गरे पनि जनावरहरूलाई माया गर्न रजनीलाई यो अपाच्य हुन सक्ने भारतिय मिडियाहरूले जनाएका छन्। केही दिन अगाडी रजनीकान्तको फिल्म कबाली हेर्नका लागि तामिलनाडुमा सार्वजनिक विदा नै दिइएको थियो भने केही फ्यानहरुले कबालीको पहिलो शो हेर्न प्लेन नै रिजर्भ गरेर कबालीको पोष्टरले प्लेन रंग्याएका थिए ।