नायिका प्रियंका कार्कीको ड्रेसअप र फिगरमा फिदा नहुने त सायदै होलान् । उनको फिगरमा जति फिदा हुन्छ अझ उनको पहिरनले त सबैलाई पागल बनाइदिन्छ । जहाँ जाँदा होस् उनी एउटै पहिरन कहिले छान्दिनन् ।
अझ प्रियंका कार्कीको ड्रेसअपको अगाडी त झन अन्य नेपालका नायिकाहरु पनि फिक्का देखिन्छन् । हलीउड अभिनेत्रीहरुलाई समेत टक्कर दिने ड्रेसअप छान्न प्रियंका खुबै माहिर छिन् ।
त्यसैले त उनी जहाँ जाँदा होस् उनको बढी चर्चा ड्रेसअपलाई नै लिएर हुन्छ । अहिले प्रियंका नयाँ चलचित्र ‘हेप्पी डेज’ को छायाँकनका लागि यूकेमा छिन् । त्यही क्रममा ईपि माईग्रेसनले यूकेमा चलचित्र ‘पुरानो डुङ्गा’ को प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा ‘पुरानो डुङ्गा’ की नायिका प्रियंका कार्की उपस्थित नहुने त कुरै भएन ।
नेपाल प्रिमियरमा सहभागी हुन नपाएकी प्रियंका यूकेमा आयोजना भएको चलचित्र ‘पुरानो डुङ्गा’ प्रिमियरको भने मुख्य आकर्षणको केन्द्रविन्दु बनिन् । जब उनी यूकेमा आयोजित चलचित्र ‘पुरानो डुङ्गा’ को प्रिमियरमा पुगिन् तब उनलाई फ्यानहरुले सेल्फी खिच्न भन्दै हैरान नै बनाए । प्रिमियरमा उपस्थित धेरैको ध्यान त उनको पहिरनमा नै अडिएको थियो ।
माथी धेरै खुलेको ब्ल्याक कलरको गाउन लगाएर प्रिमियरमा पुगेकी प्रियंकाको हट पहिरनले सबैको ध्यान खिच्यो । ‘पुरानो डुङ्गा’ हेर्न पुगेका सबैले जाडो छल्ने पहिरन लगाएका थिए तर प्रियंकालाई हेर्दा लाग्थ्यो उनी जाडोलाई चुनौती दिँदैछिन् ।
चलचित्र ‘पुरानो डुङ्गा’ को यूके प्रिमियरमा चलचित्र ‘हेप्पी डेज’ का निर्देशक मिलन चाम्ससँगै नायक सञ्जय गुप्ता पनि सहभागी भएका थिए । चलचित्र ‘पुरानो डुङ्गा’ को प्रिमियरमा दुई सयभन्दा बढी नेपाली दर्शकहरुको उपस्थित रहेको थियो भने सबैले उत्कृष्ट प्रतिक्रिया दिएको बताइएको छ । चलचित्र ‘पुरानो डुङ्गा’ मा नायिका प्रियंका कार्कीले ‘चन्दु’ नामकी यूवतीको भूमिका निर्वाहा गरेकी छिन ।
तस्बिर : शान्ति गुरुङको फेसबुकबाट