बलीउडस्टार आमिर खान अभिनित चलचित्र ‘दंगल’ ले अहिले भारतीय बक्सअफिसमा कमालको विजनेश गरिरहेको छ । प्रदर्शनमा आएको पहिलो दिन २९.७८ करोडको व्यापार गरेको चलचित्र दंगलले दोस्रो दिन ३४.८२ करोडको व्यापार गरेको छ । दुई दिनको यो विजनेशलाई जोड्दा दंगलले ६४.६० करोडको विजनेश गर्न सफल भएको छ । प्रदर्शनको दोस्रो दिन शनिबार क्रिशमस भएका कारण पनि चलचित्रले भने जस्तै विजनेश गरेको भारतीय मिडियाहरुले बताएका छन् । त्यस्तै आज आइतबार भारतमा सार्वजनिक विदा भएका कारण दंगलले सय करोड पार गर्ने पक्का छ । समिक्षकहरुबाट मलेको उत्कृष्ट प्रतिक्रिया अनि सोहि प्रकारको उत्कृष्ट वर्ड अफ माउथले वक्स अफिसमा रेकर्डेवल बिजनेस गर्नसक्ने अनुमान वलिउड पण्डितहरुले लगाएका छन् ।
यो चलचित्र हरियाणाका महावीर सिंहको यथार्थ कथामा आधारित छ। जसका दुई छोरी हुन्छन्, गीता र बबिता। महावीरले पहिले छोरा जन्मिने र रेस्लिङमा गोल्ड मेडल जित्ने सपना देखेका हुन्छन्, जुन पहिले महावीरको आफ्नो सपना थियो। तर, उनका दुवै छोरी जन्मिन्छन् र बाबुको सपना पुरा गर्छन्। आमिर तिनै छोरीलाई विश्वचर्चित रेस्लर बनाउन तालिम दिने बाबुको भूमिकामा छन्। नितेश तिवारी निर्देशित चलचित्रमा साक्षी तान्वर, फतिमा सना शेख, सान्या मल्होत्रा, जरिया वासिम, सुहानी भटनगरलगायतले अभिनय गरेका छन्।