डेव्यू चलचित्र ‘ड्रिम्स’ ले नव-नायिका साम्रज्ञी राज्य लक्ष्मी शाहलाई राम्रै चर्चामा ल्यायो । चलचित्र ‘ड्रिम्स’ हेरेपछि दर्शकहरुले नायक अनमोल केसीको भन्दा बढी साम्राज्ञीको अभिनयलाई तारिफ गरे । त्यसको फलस्वरुप उनले यस बर्ष आयोजना भइरहेका नेपाली फिल्म अवार्डहरुमा नव-नायिकाको अवार्ड हात पारिरहेकी छिन् ।
अहिले साम्राज्ञीको खुसी हेर्दा यस्तो लाग्छ चलचित्र ‘ड्रिम्स’ ले उनको सफल नायिका बन्ने सपना पुरा गरिदिएको छ । साम्राज्ञी चाँडै चलचित्र ‘तिमीसँग’ को छायाँकनमा व्यस्त हुँदैछिन् भने उनी अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ यही बर्षको चैतमा प्रदर्शन हुँदैछ । अहिले भने उनी दुबईमा छिन् । नवौं नेफ्टा अवार्डमा सहभागी हुनका लागि दुबई पुगेकी उनले त्यहाँ चलचित्र ‘ड्रिम्स’ बाट नव-अभिनेत्रीको अवार्ड समेत उचालिन् ।
अवार्ड भन्दा चर्चा त अहिले उनको पहिरनलाई लिएर भएको छ । घुँडा माथिसम्म चिरिएको रातो रंगको गाउन लगाएकी साम्राज्ञीलाई उक्त पहिरन खुबै सुहाएको देख्न सकिन्छ । अवार्डमा सहभागी हुने क्रममा उक्त पहिरनमा ठाटिएकी साम्राज्ञीले कार्यक्रममा उपस्थित सबैको ध्यान खिचिन् । उनको पहिरन देखेर अवार्ड कार्यक्रममा पुगेका जो कोहिँको आँखा अडिएको थियो । उनले उक्त पहिरन लगाएको तस्बिरहरु आफ्नो फेसबुकमा अपलोड गरेकी छिन् । एक तस्बिरमा उनी सिंगल उभिएकी छिन् भने दोस्रो तस्बिरमा उनी बेडमा निदाइरहेकी छिन् ।
त्यस्तै तेस्रो तस्बिरमा नायक अनुप विक्रम शाहीसँग देखिएकी साम्राज्ञी चौंथो तस्बिरमा भने ‘तिमीसँग’ चलचित्रमा एकसाथ स्क्रिन शेयर गर्न लागेका नायक नाजिर हुसेनको अंगालोमा कसिएकी छिन । पाँचौ तस्बिरमा भने उनी सर्वोत्कृष्ट नव-अभिनेत्रीको अवार्ड उचाल्दै गरेको देख्न सकिन्छ ।