कमेडियन कपिल शर्मा फोब्र्स म्यागजिले प्रकाशित गरेको सबैभन्दा धनी १०० सेलिब्रिटीको लिस्टमा सातौ स्थानमा रहेका छन् ।
फोब्र्स म्यागजिनको सुचीमा आएका कपिल टेलिभिजन उद्योगका एक सफल र धनी व्यक्ति हुन् । तर, कपिलले आफ्नो जीवनमा धेरै संघर्षका दिनहरु देखेका छन् । उनको नजिकका मित्र अम्रित प्रतिपाल सिंहले उनीबारे केही बोलेका छन् ।
यस्तो छ कपिलको पारिवारिक पृष्ठभुमि
मध्यम वर्गिय परिवारमा जन्म लिएका कपिलको घरमा बोलाउने नाम टोनी हो । कपिलको जन्म सन् १९८१ मा अप्रिल २ मा पंजावको अमृतसारमा भएको थियो । कपिलका पिता प्रहरीमा जागिरे थिए भने आमा गृहणी थिइन् । कपिलको एउटा भाइ आलोक शर्मा र एउटी बहिनी पुजा शर्मा रहेकी छिन् ।
जब सेटमा कपिलको को–स्टारको मृत्यु भएको थियो
कपिल शर्मा पंजावमा अपकमिङ फिल्म ‘फिरंग’ को सुटिङमा व्यस्त रहेका छन् । सुटिङको दौरान केही दिन अघि उनको को–स्टार किशोर कुमारको सेटमा मृत्यु भएको थियो । कपिलले केही नसोची सिधै किशोरको लाशलाई अमृतसार लिएर गएका थिए । उनले किशोरको परिवारलाई सान्तोना दिने काम गरेका थिए । यहाँसम्मकी किशोरको बच्चाहरुको पढाइको जिम्मा समेत आफुले लिएका थिए ।
साथीहरुसँग समय बिताउन निकै मनपर्छ कपिललाई
अमृतसारमा रहेका पुराना साथीहरुसँग समय बिताउन कपिल निकै रुचाउँछन् । कपिललाई आफनो पुरानो बाइक बुलेट चलाउन मनपर्छ । लेट नाइटसम्म साथीहरुसँग समय बिताउन उनलाई मनपर्छ । कपिल अझै पनि कलेज फ्रेड्स र थिएटरका साथीहरुसँग टचमा रहेका छन् । कपिल आफ्नो प्लानमा साथीहरुलाई प्राथमिकतामा राख्ने काम गर्छन् । जब कपिल आफ्ना साथीहरु वा परिवारसँग हुन्छन् उनी आफ्नो मोबाइल अफ गर्छन् ।
कपिलको पिताको मृत्यु क्यानसरका कारण भएको थियो । सायद त्यही भएर हुनसक्छ क्यानसर पिडितहरुको उनी मदत गर्न खोजिरहन्छन् । त्यस्तै क्यानसर पिडितहरुको अन्तिम इच्छा पुरा गराउन समेत उनले कोशिस गर्छन् ।
कपिल शर्मालाई सिम्पल लाइफ जिउन मनपर्छ । त्यही कारणले पनि उनी धेरै कार्यक्रममा जाँदैनन् । उनी आफ्नो लाइफस्टालको पनि त्यति वास्था गर्दैनन् । कपिललाई भेदभाव गरेको व्यवहार मनपर्दैन । सबैलाई समान सम्मान गर्नुपर्छ भन्ने मान्यता उनी लिन्छन् ।
सेटमा काम भइरहँदा उनी त्यतिकै बस्दैनन् । आफ्ना साथीहरुलाई उनी विभिन्न तरिकाले मदत गर्छन् । कहिलेकाँही आफ्ना सेटका साथीहरुसँग पैसाका कारण काम रोकिएको थाहा पाउँछन् उनी स्वयम आफैले भेट्न गएर उनीहरुको मदत गर्छन् । दिएको पैसा पनि फिर्ता लिदैनन् । आफुले कमाएको पैसा सदैव राम्रो काममा खर्च भएको उनी देख्न चाहान्छन् ।
सेलिब्रिटी भएपछि धेरै विदेशी खाना खान रुचाउँछन् तर उनी भने देशी खाना खान रुचाउँछन् । कपिलले धेरैपटक आफ्नै साथीहरुको टिफिनको खाना खाएका छन् । सुटिङका दौरान आफ्नो खाना साधारण होस् भन्ने उनी चाहान्छन् । उनी साधारण होटलबाट खाना अर्डर गर्छन् ।
कपिल आफ्नो जन्मदिनलाई त्यति महत्व दिदैनन् । आफुलाई हालसम्म उनले सपिङ पनि गरेका छैनन् । कपिललाई बाटोमा रहेका पसलमा गएर टिसर्ट किनेर लगाउन समेत कुनै आपत्ति लाग्दैन ।