मानिसमा थरीथरीका प्रतिभा हुन्छन्, त्यसलाई प्रयोगमा ल्याउन आफैंले इच्छाशक्तिको विकास गर्नुपर्दछ ।भारतका रणजीत रंधवाको मस्तिष्कमा अनौठो सिर्जना गर्ने सोच विकसित हुँदै गयो । उनले धेरै विषयमा कल्पना गरे । अन्त्यमा एउटा यस्तो बाइक निर्माण गर्ने अठोट गरे, जो अरुले फालेका सामानबाट तयार होस् ।
बाइक रिपेयर वर्कसप सञ्चालन गर्दै आएका उनका लागि यो अनौठो कुरा थिएन । बाइकको पछाडीपट्टीको पाङ्ग्रामा उनले जीपको टायर राखे । पेट्रोल ट्यांकका रुपमा दुध बोक्ने भाँडोलाई प्रयोग गरे । सीटका रुपमा उनले फलामे तावालाई प्रयोग गरे । यसैगरी उनले बाइकका लागि विभिन्न पार्ट जुटाए । उनले बनाएको यो बाइक पञ्जावी चलचित्र ‘बंबूकाट’ मा प्रयोग गरिएको छ ।एक मित्रको मद्दतले सो चलचित्रका निर्मातासँग भेट गरेपछि निर्माताले नै बाइक बनाउन प्रस्ताव गरेको र उक्त बाइकलाई फिल्ममा प्रयोग गर्ने आश्वासन दिएको रणजीत बताउँछन् ।-इमेज खबर