नेपालमा बनेको तेस्रो चलचित्र ‘माइतीघर’ का निर्देशक बि.एस.थापाको निधन भएको छ । १९६६ मा प्रदर्शन भएको यो चलचित्रको ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ बोलको गीत अहिले पनि दर्शक, स्रोताहरुले खुबै रुचाउँछन् । चलचित्र ‘माइतीघर’ ले १५१ दिन मनाएको थियो । सोही चलचित्रका निर्देशक थापाको भने मंगलबार बिहान निधन भएको छ । मंगलबार बिहान ७ बजेर ३० मिनेटमा उनको निधन भएको पत्रकार विदुर गिरीले जानकारी दिएका छन् । मुम्बइमा एक्लै बस्दै आइरहेका थापाले ‘कान्छी, माया प्रिती’ लगायतका सफल चलचित्र निर्देशन गरेका थिए । उनको दाहासंकार मुम्बइमा नै गरिने बताइएको छ । उनले एलएलबीमा एम.बीए गरेका छन् ।